एकीकरण भएकैले नेपाली भएर बाँच्न पाइएको छः ईतिहासविद् पन्त

एकीकरण भएकैले नेपाली भएर बाँच्न पाइएको छः ईतिहासविद् पन्त

केन्द्रबिन्दु
0
Shares

ईतिहासविद्  दिनेशराज पन्तले नेपाल एकीकरण भएकैले नेपाली भएर बाच्न पाइएको टिप्पणी गरेका छन् । 

बिहीवार श्री ३ जङ्ग बहादुर राणाको २०७ औँ जन्मजयन्ती समारोहमा उनले पृथ्वी नारायण शाहले एकीकरण गरेकैले अहिले नेपाली भएर बाच्न पाइएको टिप्पणी गरे। उनले भने,‘पृथ्वी नारायण शाहले नेपालको पुर्न एकिकरण नर्गदिएको भए । अस्ताउँदो मुसलमानी शक्तिको उदाउदो अङग्रेजी शक्तिको कारण आज हामी नेपाली भएर बाच्न पाउदैनौं थियौं ।’

त्यस्तै, ईतिहास अपूर्ण हुनसक्ने भएपनि असुद्ध नहुने जिकिर गरे । ‘पृथ्वी शाहले त्यती पढेका थिएनन् तर राजनीतिको बारेमा जान्दथे । इतिहासले हामीलाई भएको कुरा मात्र भन, सम्भावना नभन भनेको छ । कसैले ऐतिहासिक उपन्यास लेख्छ भने त्यहाँ सम्भावना राख्न सकिन्छ । ईतिहासमा अपूर्णको दोष हुन्छ । असुद्धिको दोष हुदैन ।’ उनले भने । 

उनले जङगबहादुर अङग्रेजका पित्थु नभएको भन्दै भने, ‘यहाँ धेरैलाई लाग्छ । जङग बहादुर अङग्रेजका पित्थु थिए तर होइन । जङगबहादुरले पढेका थिएनन् । उनले त राम्रोसंग अक्षर पनि लेख्न जान्दैनन् थिए । इतिहासलाई हेर्दा हामीले पृथ्वी नारायण शाहलाई गाली गरे पनि केही फरक पर्दैन र जङग बहादुरलाई गाली गर्दा पनि केही फरक पर्दैन ।’

Logo