उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका मेयर बालेन शाहसँग तत्काल स्पष्टीकरण नलिन नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा आदेश जारी गरेको छ ।
महानगरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको तार काट्दा नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेपछि मेयर शाहले दायर गरेको रिटमा न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले उक्त आदेश जारी गरेको हो ।
सिनामंगलस्थित विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको विषयमा क्यानले गत शुक्रबार मेयर शाहलाई सात दिने लिखित स्पष्टिकरण सोधेको थियो । सिनामंगलमा नक्सा पास नगरी भवन बनाएको भन्दै काठमाडौं महानगरले ३२ जेठमा नागरिक उड्डयन प्राधिकरणको भवन निर्माणको काम रोकिदिएको थियो । त्यस क्रममा नगर प्रहरीको टोलीले फेन्सिङ तारबार पनि काटिदिएको हाे।





























प्रतिक्रिया