भुक्तानी नपाएपछि ब्यावसायीले लगाए सोरु गाउँपालिकामा ताला

भुक्तानी नपाएपछि ब्यावसायीले लगाए सोरु गाउँपालिकामा ताला

केन्द्रबिन्दु
0
Shares

मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाको कार्यालयमा व्यवसायीले तालाबन्दी गरेका छन्। 

सोरु गाउपालिकाको केन्द्रमा रहेको सोरुकोटका पसले तथा होटल ब्यावसायीसंग गाउँपालिकाले कार्यालय प्रयोजनका लागि लिएको सामाग्री तथा खाजा खर्चको रकम भूक्तानी नपाएपछि कार्यालयमा सोमबार ३ बजेपछि व्यवसायीले तालाबन्दी गरेका हुन्।
 
गाउँपालिकाले दर्जन बढी व्यवसायीका ५० लाख बढी रकम तिर्न बाँकी रहेको व्यवसायीहरुको दाबी छ। व्यवसायी उब्जन बुढा भन्छन्, ‘निवर्तमान जनप्रतिनिधीहरुले कार्यालय प्रयोजनका लागि लिएको विभिन्न सामाग्रीको हालसम्म गाउँपालिकाले भुक्तानी दिएको छैन, यहाँ आएका हरेक व्यवसायीले न्युनतम पनि एक लाख रुपैयाँ उठाउन बाँकी छ। 

तर,गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले स्पस्ट कुरा बताउन नखोजेर उक्त विषयलाई सामान्य भएको बताउँदै प्रश्न बाट भाग्न खोजे। शाहीले भने,‘यो विषय सामान्य हो,अरु बताउन जरुरी छैन।’गाउँपालिकामा लगाइएको ताला अझै खुलेको छैन। 
 

Logo