सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर साेलुखुम्बुको लिखुपिके- ५ लामाजुरामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।
हेलिकोप्टर लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको अधिकारीहरूले जनाएका छन्। खोजी कार्यमा संलग्न ती प्रहरी अधिकारीका अनुसार ५ जनाको शव भेटिएको छ ।
हेलिकोप्टरमा पाइलटसहित ६ जना यात्रु रहेको बुझिएको छ । मनाङ एयरको ९एन-एएमभी कल साइन भएको हेलिकोप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कविहीन बनेको थियो ।





























प्रतिक्रिया