जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका -६ कपन सरस्वतीनगर बस्ने ४७ वर्षीय राजु थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-६ तेन्जिङचोक बस्ने नुवाकोट दुप्तेश्वर गाउँपालिका-१ घर भएका ३६ वर्षीय कृष्ण बहादुर स्याङतान सहित  ६ जनालाई  प्रहरीले पक्राउ गरेको हाे। 

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ। 

Logo