सरकारले एकै पटक गर्‍याे ६४ जनाको इन्स्पेक्टर तहमा बढुवा

सरकारले एकै पटक गर्‍याे ६४ जनाको इन्स्पेक्टर तहमा बढुवा

केन्द्रबिन्दु
0
Shares

सरकारले ६४ जना प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)को प्रहरी निरीक्षक (इन्स्पेक्टर) तहमा बढुवा गर्न सिफारिस गरेको छ। शनिबार बसेको बढुवा समितिको बैठकले विभिन्न जिल्लामा कार्यरत ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षकलाई एकै पटक प्रहरी निरीक्षक (इन्स्पेक्टर)तहमा बढुवा गर्ने निर्णय गरेको हो।

प्रहरी नियमावली २०७१ (संसोधन सहित) को नियम २७ को उप-नियम ४ अनुसार ६४ जनालाई इन्स्पेक्टर तहमा बढुवाको लागि सिफरिस गरेको बढुवा समितिले जनाएको छ। 

सार्वजनिक सूचीअनुसार नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय सुर्खेतमा कार्यरत वरिष्ठ सई मोहनलाल आंगा श्रेष्ठ पहिलो नम्बरमा छन्। यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगालमा कार्यरत लोकराज पाठक दोस्रो र नेपाल प्रहरी प्रधान कार्यालयका किरण घिमिरे तेस्रो नम्बरमा सिफारिसमा परेका छन्। 

Skip This
Skip This
Logo