टिभिएसको मातहतमा रहेको अपाचे अनर्स ग्रुप एओजीले आफ्नो नयाँ राइड सम्पन्न गरेको छ।
४० राइडरहरूको सहभागिता रहेको उक्त राइडमा एओजी टिमले महेन्द्रनगर हुँदै बेटकोट नगरपालिका वडा नं ७ मा रहेको बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र भएर खर्क रिसोर्टसम्मको यात्रा गरेको थियो।
युवाहरूको बाइकिङप्रतिको प्रेमलाई एकै छानोमुनि ल्याउनका साथै राइडरहरूबीचको भाइचारा बढाउन एओजी विगत एक वर्षदेखि लागिपरेको छ। राइडसँगै सामाजिक कार्यहरूमा पनि सहयोग पुर्याउँदै आएको एओजीले यसपटक भने बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र आश्रय लिएका १९ जना आमाबुवासँग भेटघाट गरी खाद्यान्न तथा टिसर्ट वितरण पनि गरेको हो।
पछिल्लो चार महिनामा एओजीले यस्ता ५४ वटा राइडहरू सम्पन्न गरिसकेको छ। जसले गर्दा एओजीमा आबद्ध हुन थप राइडरहरू आकर्षित भइरहेका छन्।
बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा भइरहेको कार्यक्रमको दौरान आफ्ना राय राख्दै टिभिएसका हेड मार्सल गौरव पाठक र जगदम्बा मोटर्सका रिजनल सेल्स अफिसर बिक्रम बोहराले उपस्थितलाई धन्यवाद ज्ञापन गरेका छन् ।
सम्पूर्ण राइडर र बृद्धमा उत्साह भर्न एओजीका एक सहभागी सम्राट कार्कीले गीत गाएर र सुदुरपश्चिमका लोकप्रिय टिकटकर लोकेश पाल ठकुरीले नाच देखाएर सबैलाई मनोरञ्जन दिलाएका थिए । कार्यक्रमको अन्त्यमा भने सहभागीहरूले आगामी दिनमा बृद्धाश्रमलाई आ–आफ्नो क्षमता अनुसारको सहयोग गर्ने सङ्कल्प गर्दै बिदा मागेर खर्क रिसोर्टतर्फ यात्रा गरेका थिए ।
खर्क रिसोर्ट पुगेर अन्य मनोरञ्जनात्मक खेल र कार्यक्रमहरू गर्दै एओजी टिमले आफ्नो यात्रालाई समापन गरेको थियो ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दुईपांग्रे सवारीसाधनको एक मात्र आधिकारिक वितरक हो। देशभर १४० भन्दा बढी डिलरहरूको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ।





























प्रतिक्रिया