गैरहाजिर भएका प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह

गैरहाजिर भएका प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीले आफूखुसी कार्यालयमा गैरहाजिर रहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावलीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सबैभन्दा लामो समयदेखि गैरहाजिर भएका प्रहरी जवान सप्तरीका नरेन्द्र कुमार साह छन् । प्रहरी चौकी सतिघट्टा झापा दरबन्दी भएका उनी २०७९ चैत २७ गतेदेखि कार्यालयमा हाजिर भएका छैनन् ।

उनीहरू आफूखुसी गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Skip This
Skip This
Logo