समरजंग कम्पनीका तत्कालीन प्रमुख पोखरेललाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

समरजंग कम्पनीका तत्कालीन प्रमुख पोखरेललाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तत्कालीन समरजंग कम्पनीका प्रमुख रमेशकुमार पोखरेललाई छाड्न अस्वीकार गरेको छ । 

न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुँयालको संयुक्त इजलासले पोखरेलको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो । २०६८ सालदेखि नै डिप्रेशनलगायत मानसिक रोगको नियमित उपचार गराई औषधी सेवन गरेको रिपोर्ट पेश गरेपनि पोखरेललाई छाड्न अस्वीकार गरिएको हो । 

साथै सर्वोच्चले पुनः म्याद थपको माग भएर आएको अवस्थामा ‘वस्तुनिष्ट विश्लेषण गरेर मात्र आदेश गर्नुहोला’ भनेर जिल्ला अदालत काठमाडौँलाई आदेश पनि दिएको छ ।

पोखरेल गत असार १८ गते पक्राउ परेका थिए । २०६९ सालमा समरजंग कम्पनीमा प्रमुख रहेका उनले ललिता निवास भित्र पर्ने जग्गाको विषयमा कम्पनीसँग अभिलेख नभएको बताउँदै गुठी संस्थानलाई पत्र पठाएको र त्यसवापत गिरोहबाट आर्थिक लाभ लिएको आरोप छ । 

Logo