अहिले जावलाखेलस्थित सदर चिडियाखानामा ६ वटा बाघ छन् । त्यसमध्ये ४ वटा भाले र २ वटा पोथी । ५ देखि १८ वर्ष उमेर समुहका उनीहरुसंगै बस्न पाउँदैनन् । १३ वर्षको महाराज र ५ वर्षकी महारानीलाई संगै राखिएको छ । सबैभन्दा वृद्ध १८ वर्षको बाङ्गे १२ वर्षको बगौराको साथ छ । १० वर्षको प्रताप र ८ वर्षीया जगतीसंगै बस्छन् ।
जम्मा ६ वटा बाघलाई किनसंगै नराखिएको त ? चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले भने ‘संगै राख्दा झगडा हुन सक्छ । उमेर समूह पनि फरकफरक छ तसर्थ छुट्टै राखिएको छ ।’
सबैभन्दा कान्छी महारानीलाई कन्चनपुरबाट उद्दार गरेर ल्याइएको हो । सबैभन्दा वयस्क बाङ्गेलाई पनि चितवनबाट ल्याइएको हो । नाम कसरी राख्नु हुन्छ ? किन बाङ्गे भन्नु भएको ? सुचना अधिकारी कोइरालाले हाँस्दै भने- ‘बाङ्गे बाङ्गो परेर हिँड्छ ’ अरुलाई पनि यस्तै विषय जोडेर नाम राखिएको छ ।’
बाघको पनि ब्रत ?
चिडियाखानाका बाघहरु हरेक हप्ता शनिबार ब्रत बस्छन् । यसअघि एकादशिको दिन बाघलाई भोकै राखिन्थ्यो तर अहिले हरेक शनिबार उनीहरु भोकै पर्छन् । सूचना अधिकारी कोइरालाले भने- ‘हरेक शनिबार उनीहरुलाई आहारा दिइँदैन् । एक दिन फाष्टिङ हुन्छ । स्वास्थ्यकै हिसावले पनि उनीहरुका लागि आहारा नदिइएको हो । यसले आर्थिक भार पनि कम हुन्छ ।’
अब त उनीहरु पनि बानी परिसके आज खान पाइदैन भन्ने उनीहरुलाई थाहा हुन्छ। तर आज भने शनिबार भएपनि बाघ दिवस परेकोले बाघलाई आहारा खुवाईएको छ । वातावरणमन्त्री डाक्टर विरेन्द्र यादवले आज विहानै चिडियाखाना पुगेर बाघलाई आहारा दिएका हुन् ।
एक दिनमा कति खान्छन् ?
सामान्यतया चिडिया खानाका बाघलाई एक दिनमा एभरेजमा ५ किलो मासु आहाराको रुपमा दिइन्छ । तर चिडियाखानाले भालेका लागि ६ किलो र पोथिका लागि ५ किलोका दरले मासु खुवाउने गरेको छ । सूचना अधिकारी गणेश कोइरालाले भने ‘उनीहरुलाई प्राय जसो भैंसीको मासु दिने गरिएको छ । स्वास्थ्यका हिसावले पनि उनीहरुलाई बफ नै फाइदाजनक छ ।’
कहिले कहिँ भने उनीहरुले अन्य जनावरको पनि मासु चाख्न पाउँछन् । एउटा बाघलाई प्रतिदिन पाँच केजीका दरले राँगाको मासु खुवाउनुपर्दा प्रतिवर्ष करिब ५६ लाखभन्दा बढी खर्च आउने सदर चिडियाखानाका सूचना अधिकारी कोइरालाले बताए।































प्रतिक्रिया