‘गरिब होइन, गरिबी हटाऊ’ भन्दै काठमाडौंका मेयर उपमेयरविरुद्ध प्रदर्शन

‘गरिब होइन, गरिबी हटाऊ’ भन्दै काठमाडौंका मेयर उपमेयरविरुद्ध प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

आफूहरुलाई गरिखान दिनुपर्ने माग गर्दै फुटपाथ व्यवसायीले काठमाडौं महानगरपालिकाको कार्यालयबाहिर प्रदर्शन गरेका छन्।

उनीहरूले ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने नाराका साथ मेयर-उपमेयरको कार्यालय रहेको राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरेका हुन्। उनीहरुले सडक व्यवसायीलाई पुनस्र्थापना गर्नुपर्ने, गरिबलाई काम गर्न दिनुपर्ने, गरिब होइन गरिबी हटाऊलगायतका नारा लेखेलेको प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

प्रदर्शनमा सहभागी एक फुटपाथ व्यवसायीले आफूहरूलाई व्यवसाय गर्ने ठाउँ महानगरपालिकाले तोकिदिनुपर्ने माग समेत गरेका छन्। उनीहरूले ‘गरिब होइन, गरिबी हटाऊ’ भन्दै आफूहरूको सुरक्षाको माग गरेका हुन्।

Logo