चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी पुनः सत्याग्रहमा बस्ने भएका छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै डा. केसीले यसअघि सरकारले चिकित्सा शिक्षा सुधारका लागि गरेका सहमतिहरू कार्यान्वयन नगरे साउन २९ देखि सत्याग्रहमा बस्ने घोषणा गरेका हुन् । उनले शुल्क बढाउने सीटीईभीटीको निर्णय खारेजी, सबै प्रदेशमा मेडिकल कलेज पुर्याउने, चिकित्सा शिक्षालाई नाफारहित बनाउनुपर्नेलगायतका मागसहित सरकारलाई अल्टिमेटम दिएका छन् ।
‘साढे दुई दशकसम्मको भद्रगोलका कारण डिग्री किनबेचमा परिणत भएको चिकित्सा शिक्षा सुधारका लागि दशक लामो संघर्षबाट हासिल भएका उपलब्धिहरू उल्ट्याउने यस्तो प्रयास निन्दनीय छ । यसबीच हामीले बारम्बार विज्ञप्तिहरुमार्फत् सरकारलाई त्यस्तो उल्टो बाटो नहिँड्न चेतावनी दिँदादिँदै पनि सरकारले कुनै सुनुवाइ गरेको छैन । बरु चिकित्सा शिक्षा आयोगमा नयाँ पदाधिकारी नियुक्तिका लागि सुरु भइसक्नु पर्ने प्रक्रिया अझै सुरु नगरेर आयोगलाई नेतृत्वविहीन बनाएर त्यसको कार्यसम्पादन अवरुद्ध पार्ने प्रयासमा छ ।’ जारी विज्ञप्तिमा उल्लेख छ ।






























प्रतिक्रिया