सीआईबीको ‘अपरेसन चार्ली फक्सट्रोट’मा : थप २ डाक्टर पक्राउ, पक्राउ पर्नेको संख्या ७

सीआईबीको ‘अपरेसन चार्ली फक्सट्रोट’मा : थप २ डाक्टर पक्राउ, पक्राउ पर्नेको संख्या ७

केन्द्रबिन्दु
0
Shares

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने थप दुइ जना डाक्टर पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)का प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार काठमाडौंस्थित इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र मोरङका चिकित्सक मनित चौधरी पक्राउ परेका हुन्।

शिल्पकारलाई बिहीबार राति काठमाडौंबाट पक्राउ गरिएको हो भने चौधरीलाई मोरङबाट पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए। उनका अनुसार चौधरीले मोरङमा निजी क्लिनिक चलाउँदै आएका छन्। योसँगै नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ।

सिआइबीले बिहीबार त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, महोत्तरीका डा. रञ्जितकुमार यादव,  डा. एरिना शाह र रौतहटका डा. रामबाबु यादवलाई पक्राउ गरेको थियो। बिहीबार नै नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पनि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परेका छन्। सिआइबीले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा संलग्नहरूलाई पक्राउ गर्न अपरेशन ‘फक्सट्रट चार्ली’ चलाएको छ।

Skip This
Skip This
Logo