नेपाली महिला दिदीबहिनीहरुको महान पर्व हरितालिका तीज नजिकिएसँगै त्यसको रौनक पनि सुरु भएको छ । तीज आउनु अगाडिदेखि नै नेपाली दिदीबहिनीहरुलाई लक्षित गरेर विभिन्न बौद्धिक तथा सांस्कृतिक कार्यक्रमहरु बिगतका बर्षहरुमा गरेको त हामिले देखेकै छौँ ।
यसपाली पनि सोही हरितालिका तिजकै अवसर पारेर महिला श्रृजनशिल केन्द्र र राइजिङ नेपालले महिलाहरुको उद्यमशिलतालाई विकास गर्ने उदेश्यले ‘२०औँ डाबर बाटिका तिज फेस्टिवल – श्रृजनशिल उद्यमी मेला २०८०’ को आयोजना गर्ने भएको छ ।
बुधबार महिला श्रृजनशिल केन्द्र र राइजिङ नेपाललगायत प्रायोजन टोलीले पत्रकार सम्मेलन गर्दै उक्त मेला आयोजना गर्ने जानकारी दिएको हो । सो मेला यहि भाद्र १५ गते देखि ३० गतेसम्म द मल्ल होटल, लैनचौर काठमाडौमा आयोजना हुँदैछ । तिन दिनसम्म चल्ने उक्त मेलामा बृहत नेपाली महिला दिदिबहिनीद्वारा बनाइएको सामग्रीहरु ८० भन्दा बढि स्टलहरुमा राखिनेछन् । उक्त मेलामा १० हजारभन्दा बढी आगन्तुकहरुले अवलोकन गर्ने पनि आयोजकको दाबी छ ।
विशेषगरी अशिक्षित, भेदभाव तथा अवसरबाट बञ्चित महिलाहरुलाई सीप सिकाई उनीहरुको शृजना तथा उत्पादनलाई बजारीकरण गर्न उक्त मेलाले महत्वपूर्ण अवसर प्रदान गर्नेछ । शृजनशिल महिला दिदिबहिनीहरुलाई सीप र दक्षताको अभिवृद्धि गराई उद्यमशिलता तथा स्वरोजगारतर्फ अगाडि बढ्न प्ररित गर्ने, महिला सशक्तिकरण तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने मेलाको मुख्य उदेश्य रहेको महिला शृजनशिल केन्द्रकी अध्यक्ष मिलु थापाले बताएकी छिन् ।
अघिल्ला बर्षहरुमा आयोजना गरिएको मेलाले पनि महिलाहरुलाई उद्यमशिलताप्रति प्रेरित गराई धेरै महिलाहरु उद्यमी बनी सकेको उदाहरण सुनाउँदै उनले यसपालिको मेलाले पनि धेरैलाई उद्यमी बन्न प्रेरित गर्ने अपेक्षा राखेको बताइन् । साथै विभिन्न सीप भएर पनि रोजगारीको अवसर नपाउने महिलाहरुका लागि महिला सृजनशिल केन्द्रको आफ्नै सोरुममा रोजगारीको सुविधा उपलब्ध गराउने पनि उनले बताएकी छिन् ।





























प्रतिक्रिया