चार महिनामै एआइजीहरूको भयो सरुवा

चार महिनामै एआइजीहरूको भयो सरुवा

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीका चार अतिरिक्त महानिरीक्षक (एआइजी)हरूको सरुवा भएको छ। मन्त्रिपरिषद् बैठकले एआइजीहरूको सरुवा गरेको गृहमन्त्रालय स्रोतले जनाएको छ। गृहमन्त्रालयले चार जना एआइजी टेकप्रसाद राई, मीरा चौधरी, श्यामलाल ज्ञवाली र दीपक थापालाई सरुवा गरेको हो।

स्रोतका अनुसार उपत्यका प्रहरीको प्रमुखमा थापा सरुवा भएका छन्। यसअघि त्यहाँ रहेका ज्ञवालीको कार्य विभागमा सरुवा भएको छ। त्यस्तै, प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारीको सरुवा भएको छ। दीपक थापा सरुवा भएपछि प्रशासन विभागमा मीरा चौधरी सरुवा भएकी छिन्।

मानव स्रोत विभागमा टेकबहादुर राईको सरुवा भएको स्रोतले जनाएको छ। यसैबीच काठमाडौँ, ललितपुर र अपराध महाशाखाका एसएसपीहरूको सरुवाको तयारी पनि भइरहेको छ।

स्रोतका अनुसार काठमाडौँमा भूपेन्द्र खत्री, ललितपुरमा दिनेश आचार्य र अपराध महाशाखामा सोमेन्द्रसिंह राठौरलाई ल्याउने तयारी भइरहेको छ।देउवाको दबाबले चार महिनामै एआइजीहरूको सरुवा भएको हो।

गत चैतमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट एआइजीमा बढुवा भएका एआइजीहरूलाई २०७९ चैत २४ गतेको मन्त्रिपरिषद् बैठकले पदस्थापन गरेको थियो। प्रहरी नियमावलीअनुसार कम्तीमा एक वर्षसम्म सरुवा गर्न मिल्दैन।

Skip This
Skip This
Logo