नेपाल प्रहरीले एसएसपी दिनेश आचार्यलाई हङकङ पठाएको छ। सुन तस्करीबारे अनुसन्धान गर्न सिआइबीमा कार्यरत एसएसपी आचार्यलाई हङकङ पठाएको हो।
उनले त्यहाँ रहँदा हङकङ प्रहरीको पनि यस विषयमा सहयोग लिनेछन्। सिआइबीले यसअघि नै सुन तस्करी अनुसन्धानमा सहयोगका लागि इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) काठमाडौँमार्फत एनसिबी बेइजिङलाई पत्राचार गरेको थियो।
यसैबीच, सुन तस्करी प्रकरणमा पक्राउ परेका छ जनाविरुद्ध इन्टरपोलबाट पर्पल नोटिस जारी हुने भएको छ। चिनियाँ नागरिक सउतेन भनिने डिङ सेग फा,अली र लीसमेत भनिने ली वेन टी सुङ,स्टेप्स र रोजर पनि भनिने ली नेङकाई, एलेक्स भनिने याओ पुचेङ,भारतीय नागरिक टासी भनिने थुप्नेत छिरिङ र बेल्जियन नागरिक दावा छिरिङविरुद्ध पर्पल नोटिस जारी गर्न सिफारिस गरेको हो।
सीआईबीले पठाएको पत्रका आधारमा इन्टरपोलको नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौँले फ्रान्सको लियोनस्थित हेडक्वार्टरलाई पर्पल नोटिस जारी गर्न सिफारिस गरेको छ।





























प्रतिक्रिया