पेप्सीकोलामा बस पल्टिँदा १० जना घाइते

पेप्सीकोलामा बस पल्टिँदा १० जना घाइते

केन्द्रबिन्दु
0
Shares

पेप्सीकोला बाट जडिबुटीतर्फ जाँदै गरेको बस पल्टिँदा कम्तीमा १० जना घाइते भएका छन्। आइतबार बिहान काठमाडौँको पेप्सिकोलामा गुडिरहेको बस पल्टिँदा गुडिरहेको स्कुटर,बाइक र जिपमा समेत ठक्कर दिएको थियो। 

जसमा चारवटा सवारी एक आपसमा दुर्घटनामा परेका छन्। जसमा कम्तीमा १० जना घाइते भएको बताइएको छ। घाइतेमध्ये ७ जनालाई सिभिल अस्पताल बानेश्वर उपचारको लागि ल्याइएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जानकारी दिएको छ । सामान्य घाइते भएकालाई पेप्सीकोलाकै स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ। दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। 

Logo