‘इन्डो-प्यासिफिक’ सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा नयाँ दिल्ली जाँदै

‘इन्डो-प्यासिफिक’ सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा नयाँ दिल्ली जाँदै

केन्द्रबिन्दु
0
Shares

प्रधानसेनापति प्रभुराम शर्मा आइतबार भारतको नयाँ दिल्ली जाँदैछन्। १३ औँ इन्डो–प्यासिफिक सम्मेलन असोज ८ देखि १० गतेसम्म आयोजना हुँदैछ। सम्मेलनमा ३५ मुलुकका सैन्य प्रतिनिधिमण्डल सहभागी रहने बताइएको छ।

नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, बङ्गलादेश, इन्डोनेसिया, जापान, मलेसिया, भुटान, ब्रुनाइ कम्बोडिया, कोरिया, मालदिभ्स, मंगोलिया, म्यानमार, न्युजिल्याण्ड लगायत देशहरू सम्मेलनमा सहभागी हुने छन्।

प्रधानसेनापति शर्मा नेतृत्वको टोलीमा उपरथी योगराज शर्मा, महासेनानी वसन्तबहादुर गौतम र सेनाका प्रमुख सुवेदार रत्नबहादुर थापामगर सहभागी रहेको प्रवक्ता भण्डारीले बताए।

‘यस्तो सम्मेलन नियमित हुने गरेको छ। नेपालले यसअघि पनि सहभागिता जनाउँदै आएको थियो,’ भण्डारीले भने। प्रधानसेनापति नेतृत्वको टोली ११ असोजमा स्वदेश फर्कने भण्डारीले बताए। प्रधानसेनापति नेतृत्वको टोली ११ असोजमा स्वदेश फर्कने भण्डारीले बताए।

Skip This
Skip This
Logo