बझाङ भूकम्प अपडेट: बेपत्ता महिलाको शव फेला

बझाङ भूकम्प अपडेट: बेपत्ता महिलाको शव फेला

केन्द्रबिन्दु
0
Shares

बझाङमा भूकम्पपछिको सुख्खा पहिरोमा परेर मंगलबार देखि बेपत्ता भएकी महिलाको शव फेला परेको छ । 

टिमुर टिप्न मंगलबार दिउँसो गाउँ नजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४० वर्षीया गुनमति धामीको शव बुधबार प्रहरीले फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर दीपेश चौधरीले जानकारी दिए । 

इन्स्पेक्टर चौधरीको नेतृत्वमा उनको खोजीका लागि टोली खटिएको रपहिरोमा च्यापिएको अवस्थामा फेला परेको जानकारी उनले दिए । भूकम्पबाट बझाङमा मात्रै हालसम्म ३ सय ३६ भौतिक संरचनामा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए । 

तर,जिल्ला प्रहरी कार्यालयले भने भूकम्पले सदरमुकाम चैनपुरसहित आसपास गाउँका केही घर, विद्यालय र वडा कार्यालय गरी अहिलेसम्म एक सय ६० भन्दा बढी भौतिक संरचनामा क्षति पुगेको विवरण संकलन गरेको जनाएको छ । 
 

Skip This
Skip This
Logo