विभिन्न जोखिम सिर्जना गर्ने भन्दै यात्रुवाहक सावरी साधनलाई सहज गराउन आजैदेखि मालवाहक सवारी सधानलाई निषेध गरिएको छ। ग्रामीण भेगमा बाटो बिग्रेका कारण यात्रामा समस्या आउने हुँदा मालवाहक सवारी साधानलाई निषेध गरिएको हाे ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका सरोज सिटौलाका अनुसार ‘मालवाहक सावरी साधनलाई २६ गते देखि नै कतैबाट नआउने गरी अत्यावश्यक सवारी साधन बाहेक हेबी १८ चक्के २० चक्के सवारी साधन आउने गरेका छन्। त्यसले गर्दा सडकमा ठुलो अवरुद्ध हुन्छ। त्यसलाई भोलि २६ गतेबाट नारायणघाटबाट बर्दिवास हुँदै काठमाडौँ विपी राजमार्गबाट आउने र काठमाडौं नाका भित्रिने मालबाहक अत्यावश्यक र खाद्यान्न बाहेकका अन्य सवारी साधनलाई रोक्ने यातायात विभागले निर्णय गरेको छ। यसो गर्दा सर्वसाधारणलाई सहजीकरण हुन्छ। मेची महाकालीका सबै सडकहरूमा १० १५ दिनको समयमा लाखौ मान्छे निकाल्नु पर्ने हुन्छ। सबै सडमा यात्रुवाहक सावरी साधनलाई पहिलो प्राथमिकता सबै क्षेत्रले गाडी आउन जान सहज बनाउन सहयोग गर्नेछन्।’





























प्रतिक्रिया