दुर्गा प्रसाईंको आन्दोलनमा काठमाडौंमा ७ लाख समर्थक जम्मा हुने, डेढ लाख आइसकेको दाबी

दुर्गा प्रसाईंको आन्दोलनमा काठमाडौंमा ७ लाख समर्थक जम्मा हुने, डेढ लाख आइसकेको दाबी

केन्द्रबिन्दु
0
Shares

‘राष्ट, राष्ट्रियता र धर्म संस्कृति नागरिक बचाउ महाअभियान’ले आफूहरुको विरोध कार्यक्रमका लागि काठमाडौं बाहिरबाट डेढ लाख समर्थक काठमाडौं आइसकेको दाबी गरेको छ ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यलले डेढ लाख मान्छे काठमाडौं आइसकेको जानकारी दिँदै न्यूनतम ७ लाख मान्छे जम्मा हुने दाबी गरे । 

उनले भने, ‘मंसिर ७ गतेको आन्दोलनका लागि डेढ लाख मान्छे आइसकेको अवस्था छ । भोलि र पर्सिमा थप डेढ लाख आउँछन् । काठमाडौंमा ४–५ लाख मानिस तयारी भएर बसेको अवस्था छ ।’ 

आन्दोलनमा न्यूनतम ६–७ लाख मान्छे जुट्ने सहप्रवक्ता माण्डव्यले बताए । उनले भने, ‘भक्तपुरको सीडीओ कार्यालयबाट के जानकारी आएको छ भने भक्तपुरबाट आउने र्याली कमलविनायकमा आएर जम्मा हुने । त्यहाँबाट सानो ठिमी हुँदै पेप्सीकोला आउने । पेप्सीबाट गुहेश्वरीको बाटो भएर मित्रपार्क हुँदै बल्खुसम्म पुग्ने कार्यक्रम छ ।’

त्यस्तै, उनले सोही दिन कीर्तिपुर, कलंकी र गोंगबुबाट पनि जुलुसहरू आउने र मध्याह्न १२ बजे बल्खु चोकमा भेला भएर कोणसभा गरिने बताए । कोणसभालाई दुर्गा प्रसाईंलगायतले सम्बोधन गर्नेछन् । काठमाडौं आएकाहरूलाई आफूहरुले होटल, बैंक्वेट र धर्मशालामा राख्न खोज्दा सुरक्षा निकायले अवरोध गरिरहेको उनको गुनासो छ ।

Logo