ट्राफिक एफएमबाट अपडेट भएर मात्रै आज सवारी चलाउन अनुरोध

ट्राफिक एफएमबाट अपडेट भएर मात्रै आज सवारी चलाउन अनुरोध

केन्द्रबिन्दु
0
Shares

आज हुने प्रदर्शनका कारण काठमाडौँको ट्राफिक अस्तव्यस्त हुने भएको छ।जसका कारण काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज  अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ। 

मङ्सिर ७ गते काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा नेकपा एमाले निकट युवा संघ नेपाल र मेडिकल ब्यावसायी दुर्गा प्रसाईंको समुहले र्‍याली र जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले काठमाडौँ उपत्यका भरी सवारी आवागमनमा असहजता सिर्जना हुन सक्ने ट्राफिक कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीले सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गर्न र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन अनुरोध गरेको छ। ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्न पनि अनुरोध गरिएको छ।

Logo