७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

केन्द्रबिन्दु
3
Shares

७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस आइतवार विविध कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ। प्रत्येक वर्ष १० डिसेम्बरका दिन अन्तर्राष्ट्रिय मानव अधिकार दिवस संसारभर विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ। 

राष्ट्रिय मानव अधिकार आयोगले यस बर्षको दिवसको नारा‘स्वाभिमान, स्वतन्त्रता र सबैका लागि न्याय’भन्ने तय गरेको छ। संयुक्त राष्ट्र संघले १० डिसेम्बर १९४८ मा विश्वव्यापी मानवअधिकार घोषणापत्र जारी गरे पनि आधिकारिक रूपमा भने सन् १९५० मात्रै यो दिवस मनाउन थालिएको हो।

यस दिनलाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउन सभाले सबै देशलाई आमन्त्रित गरेको थियो।  त्यसपछि सभाले ४ सय २३ (भी) रेज्योलुसन पास गरी देश र सम्बन्धित संगठनहरूलाई १० डिसेम्बरलाई दिवसका रूपमा मनाउन सूचना जारी गरेको थियो।

मानव अधिकारको सार्वभौमिक घोषणा ५०० भन्दा बढी भाषामा उपलब्ध छ।नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्बर्द्धधन गर्दै विधिको शासन कायम गर्ने प्रावधानलाई उच्च प्राथमिकता दिएको छ।

Skip This
Skip This
Logo