लुक्ला उडेको तारा एयरको आपतकालीन झ्यालको सिसा बाटोमै खसेपछि…

लुक्ला उडेको तारा एयरको आपतकालीन झ्यालको सिसा बाटोमै खसेपछि…

केन्द्रबिन्दु
0
Shares

काठमाडौंबाट सोलुखुम्बुको लुक्ला उडेको तारा एयरको जहाजको आपतकालीन झ्यालको सिसा खसेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौँबाट लुक्ला जाँदै गर्दा जहाजको आपतकालीन ढोकाको सिसा बाटोमै खसेको पाइएको हो । जहाज अवतरण गरी पार्किङ गरेपछि पाइलटले चेक गर्ने क्रममा आपतकालीन ढोकाको सिसा खसेको देखिएको पाइएको छ । 

जहाज सुरक्षित अवतरण हुँदा पाइलट र सवार दुई जना प्यासेन्जर पनि सकुशल छन् । जहाजले काठमाडौँबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो।

Logo