आज पशुपतिमा सर्वसाधारणले तीन घण्टासम्म नागमणि हेर्न पाउने

आज पशुपतिमा सर्वसाधारणले तीन घण्टासम्म नागमणि हेर्न पाउने

केन्द्रबिन्दु
0
Shares

पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख मङ्गलबार बिहान सर्वसाधारणका लागि पशुपति मन्दिरको पश्चिमढोकाअघि प्रदर्शन गरिने भएको छ।

मङ्गलबार बिहान साढे नौ बजेदेखि करिब तीन घण्टासम्म बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाउने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन मन्दिरको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्खलाई वर्षभर सुरक्षित राखिएको छ भनेर सर्वसाधारणलाई देखाउने गरिन्छ। 

आज पशुपतिनाथको पश्चिमढोकाअघि देखाइने उक्त सामग्रीलाई आइतबार सर्वसाधारणका लागि भनी प्रदर्शन गरिएको थियो। मङ्गलबार अब एक वर्ष सम्म यी वस्तु सुरक्षितसाथ राखिने भनी भण्डारको तेस्रो तलामा राख्ने तय भएकाले मन्दिरमा आउने सबैलाई आज अन्तिम पटक दर्शन गर्न देखाउने परम्परा रहेको छ। 

बहुमूल्य नागमणि,एक मुखे रुद्राक्ष र दाहिने शङ्खलाई कोषका अधिकारी, प्रहरीलगायत सरोकारवाला निकायका प्रतिनिधिको निगरानी र रोहवरमा प्रत्येक महिना मन्दिरमा भण्डारी परिवर्तन हुँदा बुझाउने गरिन्छ। 

Logo