सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि ‘हेर्दाहेर्दैमा’

सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि ‘हेर्दाहेर्दैमा’

केन्द्रबिन्दु
0
Shares

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दैमा’ राखिएको छ । 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । यसअघि नै अन्तिम सुनुवाइ सुरु भए पनि हालसम्म बहस सकिएको छैन । अब बिहीबार लागि पेशी तोकिएको छ । 

यसअघि पटक–पटक स्थगन र कागजात झिकाउने आदेश हुँदै आएको उक्त मुद्दामा अहिलेसम्म दर्जनाैं पटक पेसी चढिसकेको छ । तर, फैसलामा ढिला भएकाे छ ।  

नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा २०७९ कात्तिक १४ गते क्रिकेटर सन्दीपविरुद्ध मुद्दा दायर भएको थियो। वारदात भएको भनिएको मिति २०७९ भदौ ५ गते पीडित भनिएकी किशोरीको उमेर १८ वर्षभन्दा कम रहेको भन्दै गौशाला २६ को जाहेरीले नेपाल सरकार वादी भई मुद्दा दायर भएको थियो ।

क्रिकेट खेल्न अफ्रिकी मुलुक पुगेका सन्दीप प्रहरीमा जाहेरी परेको सार्वजनिक भएपछि राष्ट्रिय टोलीसँगै नफर्की भागेर अमेरिका पुगेका थिए । इन्टरपोलमार्फत पक्राउ पर्ने सूचना जारी भएपछि उनले नेपाल फर्किएर आत्मसमर्पण गरेका थिए । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले उनलाई छाडिदिएको थियो । उच्चको आदेशलाई समेत सर्वोच्चले सदर गरिदिएपछि लामिछाने थुना बाहिरै बसेर मुद्दा लडिरहेका छन् ।

Logo