ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका दुई जना युवकको परिवारले सरकारले राहत दिने भएको छ। राहतबारे निर्णय गर्न शनिबार दुई बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ।
यसअघि आज बिहान प्रधानमन्त्रीले गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरूसँग घटनाबारे ब्रिफिङ लिएका थिए। सो बैठकमा मृतकका परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिने विषयमा छलफलसमेत भएको थियो। शुक्रबार भएको प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।





























प्रतिक्रिया