इतिहासविद् चेम्जोङको सालिक अनावरण

इतिहासविद् चेम्जोङको सालिक अनावरण

केन्द्रबिन्दु
0
Shares

झापाको शिवसताक्षी नगरपालिका–१ स्थित धरमपुर चोकमा इतिहास एवं भाषाविद्  इमानसिंह चेम्जोङको सालिक निर्माण गरिएको छ। 

रु १५ लाख ६० हजार नौ सय ६६ को लागतमा सालिक निर्माण स्थल सहितको संरचनामा निर्माण गरिएको निर्माण समितिका संयोजक देउबहादुर चेम्जोङले जानकारी दिए। 

यसका लागि दाताहरुबाट रु २१ लाख ५२ हजार दुई सय ५६ सङ्कलन गरिएको र रु छ लाख ३१ हजार दुई सय ९० बचत समेत भएको संयोजक चेम्जोङले बताए।

हाल पठनपाठन हुँदै आएको किराँत भाषा र लिपिको विकास एवं विस्तारमा इमानसिंह को योगदान उच्च रहेको छ। तस्बिर चित्राङ्कित हुलाक टिकट प्रकाशन गरी सरकारले उनलाई राष्ट्रिय प्रतिभाका रूपमा मान्यता दिएको छ।

यसैबिच स्व चेम्जोङको एक सय २१औँ  जन्मजयन्तीका अवसरमा शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्राले उक्त सालिक अनावरणसमेत गरेका छन्।

Skip This
Skip This
Logo