विगतमा १ महिनादेखि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र काठमाडाैंकाे पनेकु टोलमा अवस्थित वि.पि पार्कमा पाण्डे समूहद्धारा स्थानीय प्रशासन तथा वडाद्वारा निर्मित निकायको समेत अनुमति बिना केही ब्यक्तिहरुलाई आफ्नो प्रभावमा पारेर आफ्नो कुलदेवताको मन्दिर स्थापना गरेको खुल्न आएको छ ।
गगन थापाद्धारा यसअघिको कार्यकालमा ४० लाखमा निर्मित वि.पि पार्कमा पाण्डे समूहले अवैध कब्जा जमाएको खुल्न आएको हाे ।
महामन्त्री थापाद्धारा गरिने हरेक कार्यक्रम सोही पार्कमा हुने गरे पनि उनको लापरवाही तथा स्थानीय निकायको लाचारीपनले गर्दा सो वि.पि पार्क पाण्डे समूहको स्वार्थमा प्रयोग भइरहेको छ। सो विषयमा स्थानीय निकायका प्रमुख तथा वार्ड नं ७ का प्रमुख बिमल होडासँग सम्पर्क गर्दा आफू सो विषयका बारेमा जानकार नरहेको तथा यस्तो भएको रहेछ भने यथासिघ्र कारवाहीको प्रकृया अगाडि बढाई सो कब्जा गरिएको सार्वजनिक जग्गा सरकारको स्वामित्वमा ल्याइने बताए छन् ।
यस पार्कको नयाँ नामाकरण गर्न कसले कति रकम बुझे भन्नेबारे जनस्तरबाट आवाज आएपश्चात पाण्डे समूहद्धारा पार्कमा राखिएको बोर्डमा निलो रंग लगाई नाम नदेखिने बनाएको पनि स्रोतले जानकारी दिएको छ ।





























प्रतिक्रिया