गोरखा दरबार-काठमाडौँ पदयात्रामा निस्कियो नेपाली सेना

गोरखा दरबार-काठमाडौँ पदयात्रामा निस्कियो नेपाली सेना

केन्द्रबिन्दु
0
Shares

नेपाली सेनाले गोरखा दरबारदेखिकाठमाडौँ सम्मको पदयात्रा शुरु गरेको छ। पृथ्वी जयन्तीको अवसर पारेर सेनाले पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा प्रयोग गरेका मार्गमा पदयात्राका लागि निस्किएको हो।

गोरखा दरबारमा शनिवार आयोजित एक कार्यक्रमबीच पदयात्रामा सहभागी सेनालाई पश्चिम पृतनापती उपरथी सन्तोष बल्लभ पौडेल र गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानाले संयुक्त रूपमा टर्च हस्तान्तरण गरेर बिदाई गरेका हुन्।

देशभरमा छरिएर रहेका ऐतिहासिक कोट, किल्ला र पदमार्गको संरक्षण र प्रर्बद्धनका लागि सेनाले यस्ता अभियानहरू सञ्चालन गरेको सेनाका पश्चिम पृतनापती उपरथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए।

नेपाल सेनाका प्रथम ६ कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्द बहादुर र सबुज झण्डा बोकेका गुरुज्यूको पल्टन, ब्याण्डसहितको टोली पृथ्वीनारायण शाहले एकीकरणका क्रममा प्रयोग गरेका मार्ग हुँदै पुस २७ गते काठमाडौँ पुग्नेछन्। नेपाली सेनाले पाँच वर्ष अघिदेखि पदयात्रा सुरु गरेको हो।

Skip This
Skip This
Logo