त्रिशूलीमा खसेको जीप भेटियो

त्रिशूलीमा खसेको जीप भेटियो

केन्द्रबिन्दु
0
Shares

भारतीय नम्बर प्लेटको जीप त्रिशूली नदीमा खसेको छ। नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो।

आज बिहान पौने पाँच बजेको समयमा जीप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए। जीप सडकबाट करिब ८५ मिटर तल खसेको हो। 

त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारको गोताखोरको टोली परिचालन गरिएको छ।स्थानीयले जीप नदीमा खसेको खबर गरेपछि उक्त टोली घटनास्थलमा खटाइएको हो।

केही बेरअघि गोताखोरको टोलीले जीप पानीभित्र भेट्टाएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए। उक्त जिपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको उनले बताए। 

Skip This
Skip This
Logo