सुन तस्करी प्रकरणमा कारबाहीको सिफारिस भएकी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख एआइजी किरण बज्राचार्यको सरुवा भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बज्राचार्यलाई नेपाल प्रहरीको कार्यविभागमा सरूवा गर्ने निर्णय गरेको हो । उनको स्थानमा प्रहरी प्रधान कार्यालय कार्य विभागका एआईजी श्यामलाल ज्ञवालीलाई तानिएको छ ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सुन तस्करीको छानबिनमा गम्भीर त्रुटि गरेको निष्कर्ष निकाल्दै प्रमुख बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाहीको सिफारिस गरेको थियाे ।





























प्रतिक्रिया