सन्दीप लामिछानेको मुद्दामा आज पेसी

सन्दीप लामिछानेको मुद्दामा आज पेसी

केन्द्रबिन्दु
98
Shares

काठमाडौं। नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दामा साेमबार उच्च अदालत, पाटनमा पेसी रहेको छ। जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि उच्च पुगेका सन्दीपको आज मुद्दा स्थगित नभए र सुनुवाइ भए आजै फैसलाको सम्भावना रहेको अदालत स्रोतले जनाएकाे छ।

सन्दीप लामिछानेलाई गत १३ पुसमा निरन्तरको बहसपछि न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर गरेको थियो। जिल्ला अदालत, काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरे पनि किशोरी नाबालिग नरहेको फैसला गरेको थियो। २५ पुसमा उनलाई अदालतले ८ वर्ष कैदसहित ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति भराउन आदेश दिएको थियो।

त्यसपछि सन्दीप गत १० फागुनमा जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालतमा पुगेका थिए। त्यस्तै, १ चैतमा सरकारी पक्ष पनि पीडित ‘गौशाला २६’ नाबालिक रहेको भन्दै उच्च अदालतमा पुगेको थियो। त्यसपछि अदालतले गत २३ फागुनमा औपचारिक रूपमा मुद्दालाई प्रवेश दिँदै आज (३ वैशाख) का लागि पेसी तोकेको हो।

Logo