नवीन्द्र अर्याल र देउती गुरुङ डिआइजी विशेष पदमा बढुवा सिफारिस

नवीन्द्र अर्याल र देउती गुरुङ डिआइजी विशेष पदमा बढुवा सिफारिस

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ। नेपाल प्रहरीको प्राविधिक समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)द्वय ई. नवीन्द्र अर्याल र डा. देउती गुरुङ प्रहरी नायव महानिरीक्षक(डीआईजी) पदमा बढुवा सिफारिस भएका छन्।

बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले नेपाल प्रहरीको साइबर ब्युरो प्राविधिक सहायता शाखा काठमाडौँमा कार्यरत ई. अर्याल र केनाइन कार्यालय महाराजगञ्जमा कार्यरत डा. गुरुङलाई विशेष पदमा बढुवा सिफारिस गरेको हो।

उनीहरूलाई बढुवा गर्न २२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले कार्यकाल समाप्त भएपछि दरबन्दी स्वतः खारेज हुने गरी प्राविधिक प्रहरी समूहतर्फ डिआइजीको विशेष पद सिर्जना गर्ने निर्णय गरेको थियो।

Logo