सल्यान बस दुर्घटना: १४ जना घाइते, चार जनाको अवस्था गम्भीर

सल्यान बस दुर्घटना: १४ जना घाइते, चार जनाको अवस्था गम्भीर

केन्द्रबिन्दु
21
Shares

दाङ । दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटनाहुँदा १४ जना घाइते भएका छन्।

रा १ ख २०८५ नं को बस बागचौर–२ ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महारिक्षक कुवेर कडायतले बताए। उनका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।

अहिले नेपाल प्रहरी र स्थानीयले घाइतेहरुको उद्धार गरी थारमारेस्थित अस्पताल तथा जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिरहेका कडायतले जानकारी दिए।

उनका अनुसार दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

Skip This
Skip This
Logo