तोयम महालेखापरीक्षक र अन्जान राष्ट्रिय सभामा नियुक्त

तोयम महालेखापरीक्षक र अन्जान राष्ट्रिय सभामा नियुक्त

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तोयम रायालाई महालेखापरीक्षक र डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा नियुक्त भएका छन्।

बिहीबार राष्ट्रपति पौडेलले संवैधानिक परिषद्को सिफारिसमा रायालाई महालेखापरीक्षकमा नियुक्त गरेका हुन्।

उनलाई नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम महालेखापरीक्षक पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

यस्तै, राष्ट्रपति पौडेलले शाक्यलाई बिहीबार नै राष्ट्रिय सभा सदस्यमा मनोनित गरेका छन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा उनलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

Logo