‘स्टे-अर्डर’ देखाएपछि एन्फा उपाध्यक्ष लामा छुटे

‘स्टे-अर्डर’ देखाएपछि एन्फा उपाध्यक्ष लामा छुटे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्।

लागू औषध मुद्दामा फरार रहेको भन्दै बुधबार पक्राउ परेका लामालाई बिहीबार काठमाडौं जिल्ला अदालतले छाडेको हो।

लागू औषध मुद्दामा ५ वर्ष कैद सजाय सुनाइएपनि सर्वोच्च अदालतबाट उनले पहिले नै तारेखमा राख्नु ‘स्टे-अर्डर’ देखाएपछि लामा छुटेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले लामाले सर्वोच्च अदालतमा पुनरावेदन गरेकाले अदालतले छाडेको बताए।

दावालाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते दोषी ठहर गर्दै ५ वर्ष कैद र ५ हजार जरिवाना तोकेको थियो।

Logo