अध्यात्मको विकासले गरिखाने वर्गलाई आनन्द मिल्छ: मन्त्री उप्रेती

अध्यात्मको विकासले गरिखाने वर्गलाई आनन्द मिल्छ: मन्त्री उप्रेती

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले समाज र राजनीति दुवैमा अध्यात्मको विकास गर्न सकेमात्र संयमित र सभ्य समाज निर्माण गर्न सकिने बताएका छन्।

बिहीबार काठमाडौंको गोकर्णेश्वरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ समारोहलाई सम्बोधन गर्दै मन्त्री उप्रेतीले सबैले अध्यात्मको विकास गर्नसके गरिखाने वर्गहरु आनन्दले बस्न पाउने बताए।

उनले भने,‘राजनीतिमा पनि अध्यात्मको जरुरी छ। समाजमा पनि अध्यात्मको जरुरी छ। संयमित र सभ्य समाज निर्माण हुन्छ। जहाँ गरिखाने वर्गहरु आनन्दले बस्न पाउँछन्। जहाँ कसैलाई पनि अपहेलित गरिदैन।’

नेपालको संविधान अपांगमैत्री संविधान भएको उल्लेख गर्दै त्यसको कार्यान्वयन गर्नसके मात्र समाज समुन्नत र समृद्ध बनाउन सकिने बताए।

धर्म केही होइन भन्ने भाष्य निर्माण गरिँदा समाज समाज निराशाजनक, अधैर्य र असंयमित हुँदै गइरहेको उनको भनाइ छ।
उनले भने, ‘अपांगमैत्री संविधान निर्माण भएको छ। त्यसको कार्यान्वयनकै चरणमा हामी छौं। संवैधानिक व्यवस्थामा पनि राज्यको हरेक क्षेत्रमा अपांगहरुको कोटा सुरक्षित गरिएको छ। राजनीतिदेखि निजामति सेवासम्ममा आरक्षण कोटा दिइएको छ। संविधानको कार्यान्ववयनका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान गर्छ भन्ने विश्वास गरेको छु। धर्म भन्ने कुराहरु केही होइन भन्ने भाष्य निर्माण गरिँदा अहिले समाज निराशाजनक, अधैर्य र असंयमित हुँदै गएको छ। अध्यात्मले आशावादी, धैर्यरहित र सहयोगी समाज निर्माण गर्न जरुरी छ। अध्यात्ममा निराशा र वौद्धिक रोगको जोखिम हुँदैन।’

Logo