कतारका अमिर अपरान्ह ४:४० बजे नेपाल आइपुग्दै

कतारका अमिर अपरान्ह ४:४० बजे नेपाल आइपुग्दै

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज(मंगलबार) अपरान्ह ४:४० बजे काठमाडौं पुग्ने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर दुई दिनसम्म नेपालमा बस्ने कार्यतालिका रहेको छ।

बंगलादेशको राजधानी ढाकाबाट उनी विशेष विमान र अन्य दुई ठूला विमानगरि काठमाडौं आउने बताइएको छ।

उनलाई स्वागतका लागि राष्ट्रपति पौडेल आफैँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन्। त्यहाँ नेपाली सेनाले कतारी अमिरको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ।

त्यसपछि विमानस्थलबाट अमिर राष्ट्रपति पौडेलसँग भेटवार्ताका लागि सोझै राष्ट्रपति कार्यालय शीतल निवास पुग्ने कार्यक्रम रहेको छ।

साँझ होटल सोल्टीमा राष्ट्रपति पौडेलले कतारी अमिरको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन्।

अमिर र उनको टोलीको बस्ने प्रबन्ध सोल्टी होटलमा मिलाइएको छ।

Logo