यार्सा संकलन जेठ १० देखि खुला हुने, प्रवेशका लागि तीन भिन्न शुल्कको अनुमतिपत्र

यार्सा संकलन जेठ १० देखि खुला हुने, प्रवेशका लागि तीन भिन्न शुल्कको अनुमतिपत्र

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिक रुपमा यार्सागुम्बा सङ्कलन गर्न खुला गरिने भएको छ।

प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालको अध्यक्षतामा जिल्ला सदरमुकाम दुनैमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो। जिल्लामा रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वनको क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न खुला गरिने प्रजिअ दाहालले जानकारी दिए।

बैठकले यार्सा सङ्कलन गरिने क्षेत्रमा सुरक्षाकर्मी परिचालन एवं स्वास्थ्य शिविर आयोजना गरिने निर्णयसमेत गरेको छ। प्रत्येक वर्ष डोल्पाका उच्च हिमाली क्षेत्रमा रहेका यार्सा सङ्कलन गर्न बीसौँ हजार सर्वसाधारण पुग्ने गर्दछन्। डोल्पाका यार्सा पाटन वन क्षेत्रमा भन्दा निकुञ्ज क्षेत्रमा धेरै पर्ने गर्दछन्।

यार्सागुम्बा सङ्कलन गर्न पाटन प्रवेशका लागि तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था निकुञ्जले गरेको छ। मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई एक हजार, डोल्पा जिल्लाभित्रका बासिन्दालाई दुई हजार र जिल्ला बाहिरकालाई तीन हजार तोकिएको छ।

निकुञ्ज र वन क्षेत्रका यार्सा सङ्कलन गर्न लुकीछिपी अवैधरुपमा मानिसहरु जाने गरेका छन्। निकुञ्जले अवैधानिक रुपमा छिरेका ७५ जनालाई पक्राउ गरेर छोडिसकेको छ।

Logo