धनुषामा प्रहरी र स्थानीयबीच झडप, ३ प्रहरी घाइते

धनुषामा प्रहरी र स्थानीयबीच झडप, ३ प्रहरी घाइते

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ।

धनुषाको औरही गाउँपालिका—१ पौडेसरमा प्रहरी र स्थानीयबीच झडप भएको हो।

दुई गाउँका युवायुवतीबीचको प्रेम सम्बन्धलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको हो। स्थिति नियन्त्रणमा लिनेक्रममा प्रहरीले ९ सेल अश्रुग्यास प्रहार गर्नुकासाथै तीन जना प्रहरीपनि घाइते भएको धनुषा प्रहरीले जनाएको छ।

१० दिनअगाडि दुई युवती अपहरणमा गरे पनि प्रहरीले खोजी नगरेको आरोप स्थानीयको रहेको छ।

Logo