टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै राख्न सर्वोच्चकाे आदेश [आदेशसहित]

टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै राख्न सर्वोच्चकाे आदेश [आदेशसहित]

केन्द्रबिन्दु
140
Shares

सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।

बिहीबार न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश दिएको हो । याेसँगै रायमाझीसहित टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, डा इन्द्रजित राई, सानु भण्डारी भने थुनामै रहने भएका छन् ।

साथै सर्वोच्चले शमशेर मियाँलाई साधारण तारेखमा रिहा गरेकाे छ भने आङटावा शेर्पा र गोविन्द कुमार चौधरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । शेर्पालाई ३० लाख रुपैयाँ र चौधरीलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।

काठमाडौं जिल्ला अदालतले तत्काल पक्राउ परेका १८ मध्ये १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले ९ जनाको हकमा थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको थियो । पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका सांसद बालकृष्ण खाण भने उच्च अदालत पाटनबाट ३० लाख धरौटीमा छुटेका थिए । त्यसपछि बाँकी रहेका रायमाझीसहितका प्रतिवादीहरूले सर्वोच्च अदालतमा पुनरावेदन थिए । गत आइतबार देखि उक्त मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको थियो। सर्वोच्चको यो आदेशसँगै अब थुनामा रहेकाहरु कम्तिमा जिल्ला अदालतबाट फैसला नहुँदासम्म थुनामै बस्नेछन् ।

Logo