सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्न नभ्याइनेमा, अब कहिले हुन्छ सुनुवाइ ?

सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्न नभ्याइनेमा, अब कहिले हुन्छ सुनुवाइ ?

केन्द्रबिन्दु
98
Shares

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको छ । उच्च अदालत पाटनका न्यायाधीशले समय अभावका कारण मुद्दालाई नभ्याइनेमा राखेका हुन् ।

अब अर्को हप्ता सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय धीरबहादुर चन्द्र र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासले भनेको छ, ‘यसमा पक्षहरूको तर्फबाट रहनुभएका कानुन व्यवसायीहरूको सङ्ख्या र निजहरूको बहस गर्न लाग्ने समय समेतलाई मध्यनजर गर्दा प्रस्तुत मुद्दा आज छैटौँ नम्बरमा पेशीमा चढेको कारण समयाभावले हेर्न नभ्याइने हुँदा आगामी हप्ता प्राथमिकतामा पर्ने गरी पेशीमा चढाई नियमानुसार पेस गर्नू ।’

Logo