सिधा कुराकाे स्टिङ अपरेसनसम्बन्धी समाचार २४ घण्टाभित्र हटाउन सर्वोच्चकाे आदेश

सिधा कुराकाे स्टिङ अपरेसनसम्बन्धी समाचार २४ घण्टाभित्र हटाउन सर्वोच्चकाे आदेश

केन्द्रबिन्दु
84
Shares

सर्वोच्च अदालतले सिधा कुरा डटकमको स्टिङ अपरेसनसम्बन्धी प्रकाशित समाचार २४ घण्टाभित्र हटाउन आदेश दिएको छ । न्यायाधीशद्वय डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उक्त समाचार र युट्युबमा राखेको भिडियो २४ घण्टाभित्र हटाउन आदेश दिएको हो ।

यस विषयसँग सम्बन्धित अन्य कार्यक्रम यो निवेदनको अन्तिम निर्णय नभएसम्म उत्पादन, प्रशारण, पुनः प्रशारण नगर्न/नगराउन पनि आदेश जारी भएकाे छ ।

साथै सर्वोच्चले उक्त श्रव्य दृश्य सामग्रीमा उठाइएको विषयवस्तुको सत्यतथ्य पत्ता लगाउन पनि प्रहरीलाई निर्देशन दिएकाे छ । सो सम्बन्धमा आवश्यक अनुसन्धान गरी प्रचलित फौजदारी कानुन बमोजिम कारबाहीसमेत अगाडि बढाउनु र सोको प्रतिवेदनसहितको जानकारी १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत यस कार्यालयमा पेस गर्नु भनी प्रहरी महानिरीक्षकलाई लेखी पठाउने।’ आदेशमा उल्लेख छ ।

Logo