रोशी गाउँपालिकामा आगलागी, १५ घर नष्ट

रोशी गाउँपालिकामा आगलागी, १५ घर नष्ट

केन्द्रबिन्दु
15
Shares

धुलिखेल । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-४ सानोपोटा गाउँमा आगलागीहुँदा १५ घर जलेका छन्। नजिकको सामुदायिक वनबाट फैलिएको आगोले ती घर जलेका हुन्।

आगलागीबाट १५ घर, १० गोठ र ८ वटा शौचालय जलेका रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार महादेवटार सामुदायिक वनमा लागेको आगो सानोपोटा गाउँमा फैलिएको हो।

नेपाली सेना, स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले आगो निभाएको थियो। वनको आगो भने अझै निभाउन नसकिएको स्थानीयले बताएका छन्।

Skip This
Skip This
Logo