यस वर्ष प्रेस स्वतन्त्रता हननका ६२ घटना

यस वर्ष प्रेस स्वतन्त्रता हननका ६२ घटना

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले यो वर्ष राज्य र गैर राज्यपक्षबाट ६२ वटा प्रेस स्वतन्त्रता हनन्का घटना भएको बताएका छन् । पोखरेलले कार्यपालिका र व्यवस्थापिका मात्रै नभएर न्यायपालिकाले समेत प्रेस स्वतन्त्रतामाथि  अप्ठ्यारो पार्ने खालको निणर्य गर्न थालेको भन्दै टिप्पणी गरेका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवस २०२४ को अवसरमा आज अध्यक्ष पोखरेलले यो वर्ष (२०८० मे ३ देखि २०८१ मे ३) सम्म प्रेस स्वतन्त्रता हनन्का विभिन्न ६२ वटा घटना भएको जानकारी दिए ।

पोखरेलले भने, ‘२०८० मे ३ देखि २०८१ मे ३ सम्मको रिपोर्ट हेर्दा ६२ वटा प्रेस स्वतन्त्रता हनन्का घटनाहरु भएका छन् । त्यहाँ राज्य र गैर राज्य दुवै पक्षबाट भएको घटना उल्लेख छन् । धम्की, दुर्व्यवहार, गिरफ्तारी, कब्जा पेशागत सुरक्षा,जस्ता विषयबाट थुप्रै पत्रकारहरु पीडित बनेको अवस्था छ ।’

अध्यक्ष पोखरेलले न्याय पालिकाले समेत प्रेस स्वतन्त्रतामाथि अप्ठ्यारो पार्ने गरी निर्णय गर्न थालेको र त्यसले राज्यका हरेक अंगले प्रेसप्रति अनुदारता बन्दै गइरहेको भन्दै आजको दिनमा प्रेस स्वतन्त्रताको मुद्दा अझ बढी छलफलको विषय बनेको बताए।

‘अहिले पनि कार्यपालिका,व्यवस्थापिका मात्रै होइन न्यायपालिकाका निणर्यहरुपनि प्रेस स्वतन्त्रतालाई कतै कतै अप्ठ्यारोमा पार्ने ढंगको आउन थालेका छन् । यसले गर्दा खेरी राज्यका हरेक संरचनाहरु र राज्यका स्टेकहोल्डरहरु प्रेसप्रति अनुदार बन्दै गैराखेको बेलामा आजको दिनमा हामीले प्रेस स्वतन्त्रताको मुद्दालाई अझ विषेश छलफलको विषय बनाउने र यसमा साझा धारणा निर्माण गर्ने र प्रेस स्वतन्त्रताको शसक्त अभ्यास गर्ने सन्दर्भमा बलियो आत्मविस्वास प्राप्त गर्ने दिनका रुपमा आजको दिनलाई मनाउनुपर्ने छ ।’ यस्तै, पोखरेलले आफ्ना क्षेत्रको कमजोरीलाई हटाउँदै सञ्चार क्षेत्रलाई श्रम शोषण मुक्त क्षेत्रको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

Logo