प्लाष्टिक झोलामुक्त बनाउन कार्यविधि

प्लाष्टिक झोलामुक्त बनाउन कार्यविधि

केन्द्रबिन्दु
28
Shares

तनहुँ । तनहुँको व्यास नगरपालिकाले ‘प्लाष्टिकमुक्त अभियानसम्बन्धि कार्यविधि’ २०८१ पारित गरेको छ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको नगरकार्यपालिका बैठकले आगामी जेठ १ गतेदेखि नगरलाई प्लाष्टिक झोलामुक्त बनाउने अभियान उद्देश्यसहित कार्यविधि पारित गरिएको प्रवक्ता जीवन गुरुङले जानकारी दिए। उनले अभियानलाई कार्यान्वयन गर्न चौधवटै वडा कार्यालयमा परिपत्रसमेत गरिएको बताए।

नगरपालिकाभित्र सबै प्रकारका प्लाष्टिक झोला प्रयोगमा पूर्णरूपमा निषेध गर्ने निर्णय भएकाले सामान खरीदगर्दा कपडा, फाइबर, जुट वा कागजको झोलामात्र प्रयोग गर्न नगरपालिकाले नगरबासीलाई आग्रह गरेको छ। साथै व्यापारी, व्यवसायीलाई समेत प्लाष्टिक झोलाको सट्टा वैकल्पीक झोला बिक्रिवितरण गर्न अनुरोध गरिएको छ।

नगर उपप्रमुख इन्दिरा दरैले प्लाष्टिक झोलामुक्त व्यास नगर अभियान सफल बनाउने दायित्व सबै नगरबासीको भएकाले सबैले सूचनाको पालना गर्ने विश्वास व्यक्त गरे। नियमानुसार नगरिए प्लाष्टिक झोला जफत गरी नियमअनुसार जरिवाना गर्ने व्यवस्था रहेकाले अभियानलाई सफल बनाउन सबै तह र तप्काबाट सक्रिय असहभागिता हुने अपेक्षा गरिएको उनको भनाइ छ।

त्यसैगरी बैठकले व्यास नगरपालिका–५ स्थित मानहुकोट पर्यटकीय क्षेत्रमा घर निर्माणसम्बन्धि मापदण्ड तोकी घर निर्माण प्रक्रिया खुला गर्ने र मानहुकोट पर्यटकीय क्षेत्रको जग्गा विकास आयोजनाको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

Logo