सरकारले वास्ता नगरेपछि डा. गोविन्द केसीले तोडे अनसन

सरकारले वास्ता नगरेपछि डा. गोविन्द केसीले तोडे अनसन

केन्द्रबिन्दु
42
Shares

डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन् ।

पशुपतिको मृगस्थलीमा २९ बैशाखदेखि २२औं पटक अनसन सुरु गरेका डा. केसीले बिहीवार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा माओवादी द्धन्दको क्रममा पीडित बनेकाहरूको हातबाट जुस खाएर अनसन तोडेका हुन् ।

उनी बुधबार राति नै अस्पताल भर्ना भएका थिए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहितका माग अघि सारेका थिए । तर, राजनीतिक माग भएकाले उनको अनसनमा समर्थन कम भएपछि सरकारले पूर्ण बेवास्ता गरेको थियो । सोहीअनुसार उनले आज अनसन तोडेका हुन् ।

Logo