कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति

कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति

केन्द्रबिन्दु
112
Shares

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

मंगलबार काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ परेका सिरोहियालाई धनुषा जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काको इजलासले ३ दिन हिरासतमा राखेर नागरिकता कसुरमा अनुसन्धान गर्न अनुमति दिएको हो।

प्रहरीले पहिलोपटक ५ दिन हिरासतमा राख्न माग गर्दै उनलाई बुधबार अदालतमा पेस गरेको थियो। तर, अदालतले ३ दिन मात्रै समय दिएकाे हाे ।

Logo