बुद्धको जन्म थलोको थप प्रचार गर्न सके धार्मिक पर्यटन वृद्धि हुन्छ: सभामुख घिमिरे

बुद्धको जन्म थलोको थप प्रचार गर्न सके धार्मिक पर्यटन वृद्धि हुन्छ: सभामुख घिमिरे

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले सिद्धार्थ गौतम बुद्धले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण गर्दै बुद्ध जन्मथलोको थप प्रचार प्रसार गरी देशमा धार्मिक पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्।

२५६८ औं बुद्ध जयन्तीको अवसरमा आज स्वदेश तथा विदेशमा बस्ने नेपाली बौद्ध धर्मावलम्बीहरुलाई शुभकामना दिँदै उनले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्ध अन्तर्राष्ट्रिय व्यक्तित्व र नेपालका राष्ट्रिय विभूतिसँगै बुद्धलाई हिन्दूहरुले भगवान् विष्णुको अवतार र बुद्ध धर्मका संस्थापकका रुपमा मान्ने गरेको उल्लेख गरेका छन्।

बुद्धले कठोरताबाट नभई जीवन र लक्ष्यका बीच सन्तुलनको मध्य मार्ग अपनाएर सफलता प्राप्त हुने व्यावहारिक निष्कर्षको अवलम्बनबाट शान्तिको मार्ग पहिल्याएको भन्दै सभामुख घिमिरेले नेपालको सन्दर्भमा आजपनि बुद्धका उपदेशहरु प्रासंगिक रहेको बताएका छन्। उनले नेपाल सिद्धार्थ गौतमको जन्म थलो हो भनेर थप प्रचार गर्न सके देशमा धार्मिक पर्यटन वृद्धि हुने विस्वास व्यक्त गरेका छन्।

‘अहिसा नै शान्ति र मैत्रीको आधारशिला हो जस्ता अनेकौ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको जन्मस्थानको प्रचार प्रसार गर्न सके मुलुकमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न सहयोग हुने विश्वास लिएको छु’ उनले भनेका छन्।

यस्तै, घिमिरेले बुद्ध जयन्तीले देशमा शान्ति, राष्ट्रिय एकता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना पनि गरेका छन्।

Logo